१२ मंसिर २०८३, शुक्रबार

नैनीताल जिल्लामा सवारी दुर्घटनामा परी ७ जना नेपालीको दुखद निधन

एसीपी संवाददाता

२७ चैत्र २०८०, मंगलवार १३:५८ मा प्रकाशित

नैनीताल,  । भारतको पर्यटननगरी नैनीताल नजिकै सवारी दुर्घटनामा परी ७ जना नेपाली नागरिकको दुखद निधन भएको छ ।

भारतको उत्तराखण्ड राज्य स्थित नैनीताल जिल्लामा सोमवार राति सवारी दुर्घटना हुँदा ७ जना नेपाली नागरिक सहित ८ जनाको दुखद निधन भएको हो । नैनीताल जिल्लाको बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएको भारतीय समाचार माध्यम हिन्दुस्तान टाइम्सले जनाएका छन् ।
दुखद निधन भएका नेपालीहरु कञ्चनपुर जिल्लाको महेन्द्रनगर निवासी रहेको भारतीय मिडियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।
भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।
श्रोतः हिन्दुस्तान टाइम्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x