पकिस्तान (टिएल्पी) सँग सम्झौता गरेपछि पञ्जाब प्रहरीद्वारा बिरोध
लाहोर । पाकिस्तान सरकारले प्रतिबन्धित दक्षिणपन्थी ईस्लामीक दल तेहरिक लब्बाईक पकिस्तान (टिएल्पी) सँग सम्झौता गरेपछि पञ्जाब प्रहरीले असन्तुष्टि जनाएको छ ।
सरकारले प्रतिबन्धित दक्षिणपन्थी ईस्लामिक दल टीएल्पीसँग हतारमा सम्झौता गरेको र यो अनावश्यक रहेको भन्दै पञ्जाब प्रहरीले असतुष्टि देखाएको हो । केही समयअघि टीएल्पी दल समर्थकहरुले प्रदर्शन गरी पञ्जाब प्रहरी डीएसपी लगायत अन्य प्रहरीहरुलाई बन्दी बनाएपछि पञ्जाब प्रहरी थप रुष्ट बनेको छ ।
सराकारले टीएल्पी सँग सम्झौता गरेर प्रहरी बललाई निराश बनाएको साथै दबाब र प्रभावमा सरकारले जस्तोसुकै निर्णय लिने सन्देश दिएको उच्च प्रहरी अधिकारीहरुले टिप्पणी गरे ।
साथै, सरकारले प्रतिबन्धित टीएल्पी दलका कार्यकर्ताहरुलाई मुक्त गरे उनीहरुबिरुद्ध कारबाही गरेका प्रहरीमाथि खतरा आईपर्ने प्रहरी अधिकारीहरुले बताए ।
सरकारको सम्झौताको निर्णयले प्रहरी निकायमाथि अपमान भएको पञ्जाब प्रहरीले जनाएको छ ।


