१२ मंसिर २०८३, शुक्रबार

पत्रकारको नाममा ठगि,बर्गेनिङ गर्ने पत्रकारलाई सावधान रहन महासंघको आग्रह

एसीपी संवाददाता

१५ श्रावण २०७८, शुक्रबार १२:२८ मा प्रकाशित

श्याम कुमार साहू – नेपाल पत्रकार महासंघ बाँकेले अचारसंहिता भित्र बसेर समाचार संकलन गर्न आग्रह गरेको छ । अहिले बिभीन्न कार्य गर्ने सम्पूर्ण पत्रकारहरु सचेत रहन अपिल गरेको हो । अचारसंहिता भित्र रहेर समाचार लेख्ने र कुनै कारण जुनसुकै पक्षबाट आऊने धम्की, आक्रमणका विरूद्ध नेपाल पत्रकार महासंघले
सहयोग गर्ने बिज्ञप्तिमा जनाएको छ ।
पत्रकारिताको नाम जोडेर रकमको बार्गेनिङ , फोटो या भिडियो खिचेर ब्ल्याकमेल जस्ता कार्य गरेको पाईएमा महासंघले वकालत गर्ने छैन ।

नेपालगन्जमा कार्यालय रहको एविपि क्राइम न्युज नामक अनलाईन मिडियामा कार्यरत पत्रकार हो भन्दै पैसाको बार्गेनिङ गर्ने लाई जिल्लाप्रहरी बाँकेले पक्राउ गरेको छ । परिचयपत्र राखेका राजन वैश्यले प्रहरीसँग तपाईंले पैसा लिरहको भिडियो मसँग छ भन्दै प्रहरीलाई होटलमा बुलाई १ लाख ६० हजार मागेपछि प्रहरीले बैश्य सहित उक्त अनलाइनको आफूलाई सञ्चालक र पत्रकार बताउने आशिष मल्ल ठकुरीलाई २०७८ साउन १४ गते पक्राउ गरी अनुसन्धन प्रक्रिया अगाडी बढाएको जनाएको छ।

पत्रकार हो भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोबाइल क्यामेरा तेश्राउने, राती विभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ गर्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्ने र पत्रकार अचारसहित भित्र रहने समाचार संकलन एवम् प्रशारण गर्ने सम्पूर्ण पत्रकारलाई नेपाल पत्रकार महासंघ बाँकेले अपील गरेको हो । अहिले पत्रकार बनी मालसमान ओसारपसार गर्ने कार्यमा विभिन्न संचारमा आवद्ध पत्रकार प्रहरीलाई समेत तनाव दिने गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x