२ श्रावण २०८३, शनिबार
पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु
काठमाडौँ ।नेपाल अहिलेसम्म पहिरो जाने क्रम जारी रहेको छ । पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
आइतबार राति बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुरिँदा ४ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका १० जनामध्ये ६ जना भागेर बाँच्न सफल भएका छन् । उनीहरु सामान्य घाइते भएको बताइएको छ । पहिरोमा पुरिएर मृत्यु भएका काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments



