२ श्रावण २०८३, शनिबार

पाएको जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्छुः मन्त्री कुर्मी

एसीपी संवाददाता

१२ श्रावण २०८१, शनिबार २२:३० मा प्रकाशित

नेपालगन्ज, १२ साउन
लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री बादशाह कुर्मीले आफुले पाएको जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्ने बताएका छन् । ४० वर्ष देखि आफुले जनताको सेवा गर्दै आएको बताउँदैं मन्त्री कुर्मीले लुम्बिनी प्रदेश सरकारले जनताको भावना अनुसार काम गर्ने बताए ।

विभिन्न संघ संस्थाले गरेको सम्मान कार्यक्रममा बोल्दैं मन्त्री कुर्मीले पार्टीले लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्व गरेर काम गर्ने अवसर दिएकोले त्यसलाई इमानदारिताका साथ जनताको हितमा काम गर्ने बताए । शनिबार नेपालगन्जमा मन्त्री कुर्मीलाई विभिन्न संघ संस्थाले सम्मान गरेका थिए ।

पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बाँके, नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघ जिल्ला कार्यसमिति बाँके र कुर्मी(वर्मा) सहयोगी हात बाँकेले मन्त्री कुर्मीलाई बधाई तथा सम्मान गरेका थिए ।
कुर्मी(वर्मा) सहयोगी हात बाँकेका संयोजक डा. कौशल कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री कुर्मीलाई संघीय सांसद एमव् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले सम्मान गरे ।

सम्मान कार्यक्रममा सांसद राठौरले मन्त्री कुमीलाई जनताको समस्या र चाहनालाई पुरा गर्ने थप जिम्मेवारी र चुनौति थपिएको बताए । उनले भने, ‘नेपाली कांग्रेसले बादशाह कुर्मीलाई त्यसै मन्त्री बनाएको होइन । उहाँले पार्टीमा गरेको योगदान, त्याग र इमानदारिताका कारण उहाँलाई आज त्यो अवसर मिलेको हो । सबैले त्यो अवसर नपाउन सक्छ । धेर्यता जरुरी हुन्छ । अब उहाँले पाएको अवसरलाई जनताको हितमा खर्च गर्न सक्नु पर्छ ।’

यसैगरी संयोजक डा. बर्माले निरन्तर राजनिति क्षेत्रमा गरेको योगदान र सेवाका कारण कुर्मीले महत्वपुर्ण अवसर पाएको भन्दैं धेर्यताका साथ निःस्वार्थ भावनाले काम गर्ने युवाहरुमा उत्पे्ररणा जागेका बताए ।

कार्यक्रममा स्वागत भनाई राख्दैं कुर्मी(वर्मा) सहयोगी हात बाँकेका सल्लाहाकार विजय बर्माले लुम्बिनी प्रदेश सरकारमा कुर्मी समुदायको नेता पहिलो पटक मन्त्री बन्नु उपलब्धी भएको बताए ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ अध्यक्ष दिपक बर्माले विभिन्न चुनौति र झुठा आरोपलाई सामना गर्दै मन्त्री कुर्मीले जनताको सेवा गरेको कारण मन्त्री बन्ने अवसर पाएको बताए ।

उनले भने,‘राजनिति गर्ने मानिसहरुको धेरै बिरोधी हुन्छन् । मैले पनि त्यो सामना गरेको छु । बादशाह दाईले अहिले थुप्रै चुनौतिको सामना गर्नु भएको छ । उहाँमाथि लागेको गलत आरोपको हामीले डटेर सामना गर्नु पर्छ । त्यसको बिरोध गर्नु पर्छ ।’

पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बाँके अध्यक्ष सुनिल घिमिरे तथा पारिवारिक निजी वन संघ नेपालका केन्द्रिय सदस्य एवम् नेकपा एमाले बाँके सचिव बलराम भंटराई सहितको टिमले मन्त्री कुर्मीलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा उनीहरुले निजि वन क्षेत्रको विकासमा लुम्बिनी प्रदेश सरकारले ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।

यसैगरी शनिबारै भएको अर्को कार्यक्रममा नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघ जिल्ला कार्यसमिति बाँके अध्यक्ष कृष्ण पुनले नवनियुक्त मन्त्री कुर्मीलाई बधाई तथा सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले बादशाह कुर्मी मन्त्री बन्नु समग्र जिल्लाबासीको लागि गर्व कुरा भएको बताउँदैं उहाँको कार्यकाललाई सफल बनाउन सबैले सहयोग गर्नु पर्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x