१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानमा हिन्दु सहित गैर मुस्लिम समुदायको पहिचान सुनिश्चित गर्न माङ

एसीपी संवाददाता

१२ भाद्र २०७८, शनिबार ११:५१ मा प्रकाशित

इस्लामाबाद । पाकिस्तानमा हिन्दु समुदायका सांसदले धार्मिक अल्पसंख्यकहरुलाई गैर मुस्लिमको पहिचान सुनिश्चित गर्न माग गरेका छन् ।

पाकिस्तान मुस्लिम लिग नवाज ( पीएमएल एन) दलका सांसद किसो मल खिअल दासले धार्मिक अल्पसंख्यकहरुलाई गैर मुस्लिमको हैसियत प्रदान गर्न संसदमा प्रस्ताब पेश गरेका छन् ।

मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा संवैधानिक संसोधन गरी अन्य धार्मिक अल्पसंख्यकहरुलाई गैर मुस्लिमको हैसियत सुनिश्चित गर्न माग गर्दै संसदमा प्रस्ताब पेश गरेका हुन् ।

पाकिस्तानको संविधानले मुलुकका अन्य धार्मिक समुदायलाई अस्पष्ट रुपमा अल्पसंख्यक उल्लेख गर्दै विभेद गर्दै आएको सांसद दासले बताए । यस्तो अस्पष्ट पहिचानले अल्प्संख्यक समुदायलाई दोस्रो दर्जाको नागरिकको रुपमा परिभाषित गर्ने उनले बताए ।

संविधानको धारा ३६ मा उल्लेख गरिएको अल्पसंख्यक शब्दलाई गैर मुस्लिम शब्दमा प्रतिस्थापन गर्दै संसोधन गर्नुपर्ने दासले बताए । मुलुकको समृद्धि, विकासमा योगदान पुर्‍याउदै आएका ठुलो मात्रामा रहेका जनसंख्यालाई अल्पसंख्यकको नाम दिनु संविधान १९७३ को भावना विपरित रहेको दासले बताए ।

मुस्लिम बाहुल्य पाकिस्तानमा अन्य अल्पसंख्यक धार्मिक समुदायहरुमाथि विभेद तथा दमन हुँदै आएको आरोप लाग्ने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x