१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानमा बलूचिस्तान इम्प्लाइज र वर्कर्स ग्रान्ड एलायन्सको ब्यानरमा आन्दोलन

एसीपी संवाददाता

१५ बैशाख २०७८, बुधबार ०४:३० मा प्रकाशित

क्‍वेटा । पाकिस्तानमा शुक्रवार ठूलो संख्यामा शिक्षकहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो माग सम्बोधनका लागि दबाब दिन मेट्रिक परीक्षासमेत बहिष्कार गरेका छन् ।

बलूचिस्तान इम्प्लाइज र वर्कर्स ग्रान्ड एलायन्सको ब्यानरमा आन्दोलनका उत्रिएका शिक्षकहरूले विरोध प्रदर्शन माग सम्बोधन नभएसम्म जारी रहनेसमेत चेतावदी निएका छन् ।

उनीहरुले आफ्नो तलब कयौं वर्षदेखि बढ्न नसकेको भन्दै तत्काल तलब वृद्धि गर्न माग गरिरहेका छन् ।

चमनमा विभिन्‍न विद्यालय बाहिर ठूलो संख्यामा विद्यार्थीहरु भेला भएका थिए । विद्यार्थीहरुले आर्ट्सको पेपरको प्रतिक्षामा शिक्षकहरूले गरेका गल्तीहरुलाई रोकथाम गरेका थिए ।

मेट्रिक परीक्षाको आंशिक बहिष्कार प्रान्तको विभिन्‍न भागमा देखा परेको थियो ।

बलूचिस्तान इम्प्लोइज एण्ड वर्कर्स ग्रान्ड एलायन्सका प्रवक्ताले आफ्नो मागहरु सम्बोधन नगरिए थप कडा आन्दोलनका कार्यक्रमहरु गर्नेसमेत चेतावनी दिएका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x