पाकिस्तानमा बिरोध प्रदर्शन
खैबर पख्तुनख्वा । पाकिस्तानको खैबर पख्तूनख्वाको काघन उपत्यकाका बासिन्दाले विदयुत आपूर्ति बन्द भएको भन्दै व्यापक विरोध प्रदर्शन गरेका छन् ।
सरकारले लामो समयदेखि अवरुद्ध भएको विद्युत आपूर्ति सुचारु गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । शनिबार मुख्य बजारमा भेला भएका आन्दोलनकारीहरूले दुई घण्टा भन्दा बढी ट्राफिक अवरुद्ध गर्दै नाराबाी गरेको द न्युज इन्टरनेसनलले जनाएको छ ।
आक्रोशित प्रदर्शनकारीहरूले आफ्ना मागको सम्बोधका लागि सरकारको बिरूद्ध नाराबाजी गरेको जनाएका छन् । आन्दोलनकारीहरूले पेशावर विद्यतु आपूर्ति कम्पनीलाई काघान र बेंसीको बाँकी भागमा विद्युत् तुरुन्त पुनःस्थापना गर्न माग गरेका छन् ।
लामो समयदेखि विद्युत आपूर्ति नहुँदा स्थानीयहरुको दैनिकी नै प्रभावित भएकोले तत्काल सुचारु गर्न माग गरेका हुन् । यसैबीच, जिल्ला प्रशासनले भने स्थानीयहरुले कारोना भाइरसको नियन्त्रणका लागि जारी गरिएका स्वास्थ्य मापदण्डहरुको पालना नगरेको भन्दै कारबाही गर्ने जनाएको छ ।
सरकारले मापदण्ड उल्लंघन गर्दै सडकमा नाराबाजी गर्ने व्यापारी र यातायातलाई जरिवाना लगाएको द न्युज इन्टरनेसनलले जनाएको छ । त्यसैगरि मानसेहरा, बालाकोट र ओगी क्षेत्रका सहायक आयुक्तहरूले पसल, व्यवसायिक केन्द्र र बस टर्मिनलको अचानक अनुगमन गर्दै दर्जनौं व्यापारी र यातायात व्यवसायीलाई एसओपी उल्लंघन गरेको आरोपमा जरिवाना गराइएको हो ।
यस वर्षको जनवरीदेखि राजधानी इस्लामाबादलगायत पाकिस्तानभरि धेरै सहरहरू मा बिजुली अवरुद्ध भएपछि घण्टौसम्म अन्धकारमा परेका छन् । नेपालपाना


