१ श्रावण २०८३, शुक्रबार
पाकिस्तानमा साम्प्रदायिक झडप , ३७ जनाको मृत्यु
पेशावर- पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् ।
पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदायसँग सम्बन्धित जनजातिबीच रक्तपातपूर्ण मुठभेड हुने गरेको छ । यहाँ वर्षौंदेखिको जातीय लडाइँका कारण सयौँले ज्यान गुमाएका छन् । जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा-आदिवासी सङ्गठन-ले युद्ध विरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो।
कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बाबजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ ।
Subscribe
Login
0 Comments



