पाकिस्तानलाई झन तनाव मित्र रास्ट्र चीनले सि फुडमा लगायो प्रतिबन्ध ,पाकिस्तानी ब्यापारी तनावग्रस्त
कराची । चीनले सी फुड निर्यात गर्ने कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानका सी फुड निर्यात गर्ने नौ वटा कम्पनीहरुमाथि चीनले प्रतिबन्ध लगाएको हो ।
सन् २०१९ मा कोरोना भाइरको संक्रमण देखिएपछि विभिन्न चरणमा गरिएको अनुसन्धानबाट सी फुडबाट संक्रमण फैलिएको भन्ने कुराहरु आएपछि चीनल प्रतिबन्ध लगाउने संकेत गरेको थियो । तर, पछिल्लो समय चीनले पाकिस्तानी कम्पनीहरुमाथि अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
कादरी नूरी इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत मन्जर आलमले करिब ५० कम्पनीले चीनमा माछा निर्यात गर्दै आएको बताएका छन् । जसमा शीर्ष १५ निर्यातकर्ताहरु मध्ये नौ फर्महरुलाई अब चिनियाँ अधिकारीहरुद्वारा अस्थायी रुपमा प्रतिबन्ध लगाइएको उनले जनाएका छन् ।
प्रतिबन्धको विवरण दिँदै चीनले यदि एक कुनै पनि निर्यातकर्ताको सामग्रीबाट कोारोना भाइरसको संक्रमण देखिएका प्रतिबन्धको अवधि बढाइनेसमेत चेतावनी दिएको छ । यदि चार चिजबाट कोरोना पुष्टि भउमा आठ सातासम्मका लागि प्रतिबन्ध लगाउने जनाइएको छ ।
चीनले प्रतिबन्ध लगाएपछि पाकिस्तानको सी फुड निर्यातकर्ताहरु संकटमा परेका छन् । सबैभन्दा ठूलो आयातकर्ता मुलुक चीनले प्रतिबन्ध लगाएपछि अहिले समस्या भएको बताइएको छ । पाकिस्तानमा करिब ६० प्रतिशत माछा र माछाजन्य उत्पादनको निर्यात चीनमा हुने गरेको थियो ।
यसअघि निर्यात गरिएको एउटा कार्टुनबाट कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त कन्टेनर नै फिर्ता पठाएको थियो । जसका कारण करिब २० लाखभन्दा बढीको नोक्सान भएको थियो ।नेपालपाना


