१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानले बौद्ध सम्पदा बिनास गरिरहेको भन्दै श्रीलंकाको चेतावनी

एसीपी संवाददाता

४ कार्तिक २०७८, बिहीबार ०२:२१ मा प्रकाशित

४ गते कार्तिक २०७८ । इस्लामावाद -श्रीलंकाले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएको छ।

पाकिस्तानका ऐतिहासिक कालदेखिका बौद्ध स्थलहरु गुम्बा, स्तूप, बुद्धका मूर्ति, विशेष गरी स्वात उपत्यकामा रहेका संरचनाहरु भत्काइको खबर सार्वजनिक भएपछि श्रीलंका आक्रोशित बनेको हो।

चिनियाँ अनुदानमा बन्‍न लागेको दीमेर-भासा बाँध परियोजनाको जलविद्युत संयन्त्र निर्माण गर्नुपर्ने भन्दै उक्त क्षेत्रका संरचनाहरु भत्काउन लागिएको र पाकिस्तान प्रशासित काश्मीर (पीओके) को गिलगट-बाल्टिस्तान क्षेत्रमा रहेका ३० हजार बौद्ध मूलका शिलालेख र हस्तकलाहरु पनि विनाश गरिएको समाचारमा जनाइएको छ।

२०२० मा, पाकिस्तानको उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा केही पाकिस्तानी जनताले १७ सय वर्ष पुरानो मूर्ति भत्काएका थिए। मूर्तिको अपमान भएको भन्दै व्यापक आलोचना भएको थियो। त्यो भिडियो सामाजिक सञ्‍जालमा भाइरल पनि भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x