१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानी नागरिकको आतंक , २ जना पक्राउ

एसीपी संवाददाता

२१ आश्विन २०७८, बिहीबार ०४:५० मा प्रकाशित

पाकिस्तानी नागरिकले क्यानडा पठाउने भन्दै नेपाल बोलाएर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरले जेसन मोहम्मद र ताज रजवाजलाई पक्राउ गरेको हो । यी दुवै जना पनि पाकिस्तानी नागरिक हुन् । प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।

विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् । 

उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।

उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x