पाकिस्तान ऋणमा डुब्न लाग्दा जनता बिद्रोहमा
एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको सरकारले मुलुकलाई ऋणको दलदलमा फसाएको भन्दै विपक्षी नेताले आलोचना गरेका छन् ।
प्रधानमन्त्री खानको सरकारले जनता र मुलुकलाई ऋणमा डुबाएको भन्दै पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावाल भुट्टो जरदारीले आलोचना गरेका छन् ।
प्रधानमन्त्री खान नेतृत्वको सरकारले मुलुकलाई ऋणमुक्त बनाउने, आत्मनिर्भरताको देखावटी नारा लगाएर काम भने ठिक विपरित गरिरहको बिलावालले टिप्पणी गरे ।
प्रधानमन्त्री खानको सरकारले हाल सम्म ३३ अर्ब अमेरिकी डलर बराबरको बैदेशिक ऋण लिएको भन्दै बिलावालले सरकारको आलोचना गरेका छन् ।
मुलुकले ठुलो ऋण भारको ब्याज समेत भुक्तानी गर्न नसक्ने अबस्था आउन सक्ने भन्दै उनले चिन्ता व्याक्त गरे ।
उर्जा क्षेत्रमा मात्रै दुई खर्ब रुपैँया भन्दा बढी र ग्यास क्षेत्रमा पैँतिस करोड रुपैयाँ भन्दा धेरै परिपत्र ऋण रहेको बिलावालले बताए ।
यो हिसाबले प्रत्येक नागरिकमाथि एक लाख ७५ हजार रुपैयाँ ऋणभार रहेको भन्दै बिलावालले प्रधानमन्त्री खान नेतृत्वको सरकारको आलोचना गरेका छन् ।


