२ श्रावण २०८३, शनिबार

पार्टी विरुद्ध निर्णय लिदा साँसद कृष्णा केसीलाई स्पष्टीकरण

एसीपी संवाददाता

५ भाद्र २०८१, बुधबार ११:२२ मा प्रकाशित

नेपालगन्ज : नेकपा माओवादी केन्द्र लुम्बिनीले बाँके क्षेत्र नम्बर १ काे कबाट निर्वाचित साँसद कृष्णा केसीलाई स्पष्टीकरण साेध्ने तयारी गरेकाे छ ।

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दलकी सांसद केसीले पार्टीको ह्वीप उल्लंघन गरेपछि विवादमा परेकाे र यसै बिषयमा स्पष्टीकरण साेध्न लागिएको माओवादी श्रोत बताउँछ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत नदिन उनको पार्टी नेकपा माओवादीले ह्वीप जारी गरे पनि उनी हाजिरी गरेर मत विभाजनमा सहभागी नभएकी हुन् । उनले मतविभाजनमा सहभागिता नजाएपछि विपक्षको मत एक कमी भएको थियो ।

माओवादीले बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थिति भएर विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । बैठकमा हाजिर गरेर मतदानमा सहभागी नभएपछि तटस्थ अवस्था भन्ने बुझिन्छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारूले मतदानमा सहभागी नभएपछि केसीलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको सिद्धपाइलासङ्गकाे कुराकानीमा बताए ।

सदनमा सहभागी भएर पार्टी निर्देशन उल्लंघन गर्नेलाई पार्टीले स्पष्टीकरण सोधेर थप काम कारबाही अघि बढाउला उनले भने साँसद केसीले यस्ताे गरेकाे थाहा नभएर हो कि संसदको महत्व नबुझेर हो मलाई थाहा भएन ।

तर सांसद केसीले भने विशेष कारणले बैठकबाट बाहिर निस्किँदा मतदान छुटेको बताएकाे विभिन्न सन्चारमाध्यमा उल्लेख छ । यद्यपि सिद्धपाइलाले यस बिषयमा बुझ्न खाेज्दा केसीसङ्ग सम्पर्क हुन सकेन । सिद्धापाइला बाट साभार गरिएको समाचार ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x