१२ मंसिर २०८३, शुक्रबार

कसैलाई नटेर्ने प्रधानन्यायाधीशलाई हटाउने षडयन्त्र शुरु

एसीपी संवाददाता

२८ आश्विन २०७८, बिहीबार १५:४७ मा प्रकाशित

२८ गते असोज २०७८ । विश्लेषक सुरेश आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाएर पार्टीको कोटाबाट न्यायाधीश भएकालाई प्रधानन्यायाधीश बनाउन मन्त्रीको फण्डा गरिएको खुलासा गरेका छन् ।

पार्टीको आशिर्वादभन्दा आफ्नै बलबुतामा न्यायाधीश भएका र कसैलाई नटेर्ने हिम्मत भएका राणा हटाएर आफ्नो यस म्यान राख्न मन्त्री गजेन्द्र हमललाई उपयोग गरिएको उनको तर्क छ ।

यस्तो छ उनको विश्लेषणः

चोलेन्द्र गए भने आउने चाहीँ पार्टी क्याडर नै हो न्यायपालिकाले कार्यपालिकामा भाग खोजेको खबर यस पटक चर्चामा चुलियो ! तर कार्यपालिकाले न्यायापालिकामा भाग खोज्दै दलका “बोनाफाइड“ (दयलबाष्मभ) कार्यकर्ताहरु (न्यायपरिषदको बिरोध रहँदा रहँदै पनि) न्यायापालिकाको सर्वोच्च अदालतका न्यायाधीस र पुनरावेदन अदालतको न्यायाधीसमा नियुक्त हुन थालेको वि.सं २०६६÷६७ सालदेखि नै हो !

सर्वोच्च र पुनरावेदन अदालतमा नवनियुक्त १५÷१६ जना न्यायाधीस नियुक्ति पाए लगत्तै नेकपा एमालेको प्रधान कार्यालय बल्खु दरबारमा दिनदहाडै आशिर्वाद थाप्न गएको तश्वीर कान्तिपुर दैनिकले प्रथम पृष्ठमा छापेको मैले सबैले देखेकै कुरा हो ! हिजोका दिनमा न्यायापालिकामा कार्यपालिकाले भाग खोस्दा फोटो छापेर समर्थन जनाउने कान्तिपुर दैनिकले यस पटक राजनीतिज्ञ गजेन्द्र हमाल मंत्री बन्दा आकाशै खस्नेगरी न्यायपालिकाले कार्यपालिकामा भाग खोजेको प्रश्न उठायो !

नेपाल बार र कतिपय वकिल साहेबहरुले पनि प्रधान न्यायाधीस चोलेन्द्र शम्शेर जबरालाई भाग खोजेकोमा महाअभियोग लगाउनु पर्ने, निजलाई सर्बोच्चमा छिर्नै दिनु नहुने र निजले राजीनामा समेत दिनु पर्ने माँग गरे ! मलाई अचम्मै लाग्यो, कार्यपालिकाको कोटामा सर्बोच्च अदालतमा न्यायाधीस हुने पार्टीका “कार्डहोल्डर मेम्बर“ (अबचम जयमिभच mझदभच) हरु अहिले पनि सर्वोच्च अदालतमै आधा दर्जन माननीय न्यायमूर् “रेग्मीको पालामा राजनीतिभित्र उयष्तिष्अक मात्र होइन, न्यायपालिकाभित्रै उयष्तिष्अक घुसेको प्रष्ट भयो ! मलाई त लाग्छ, वर्तमान प्रधान न्यायाधीस चोलेन्द्र शम्शेर जबरालाई कार्यपालिकामा भाग खोजेको र राजनीतिक फैसला गरेको आरोप लगाएर पदमुक्त गराउने खेल नै कार्यपालिकाको कोटामा न्यायाधीस बनेका स्वनामधन्य “पार्टी क्याडर“ (उबचतथ अबमचभ) लाई प्रधान न्यायधीस बनाउने चक्कर हो !

चोलेन्द्रले पद त्याग गरेमा न्यायपालिकामा कार्यपालिका र पार्टीको कोटामा छिरेका माननीय न्यायाधीस नै सर्वोच्चको नयाँ प्रधान न्यायधीस बन्ने हुन् !! कसले कसको भाग खोजेको हो ? अब चाहीँ पक्का थाहा हुने भयो !

वर्तमान संविधान, २०७२ आएपछि त कार्यपालिकाले न्यायपालिकामा खुल्लम–खुल्ला हस्तक्षेप गरी भाग खोज्न मात्र होइन खोस्न (कलबतअज गर्न) थालेको घाम जतिकै छर्लङ्ग छ नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x