पिसिआर जाँच गर्दा सबैको फरक फरक रिपोर्ट
अजय पाठक
२१ बैशाख, बाँके । नेपालगन्जमा एउटै व्यक्तिले ५ दिनको अन्तरालमा तीन वटा फरक फरक ल्याममा पिसिआर जाँच गर्दा सबैको फरक फरक रिपोर्ट आएको छ । नेपालगन्जका दुईवटा ल्याबले एउटै किसिमको रिपोर्ट निकालेको छ भने एउटाले फरक रिपोर्ट निकालेको पिडितले जनाएका छन ।
पिडित सुर्खेत नौकुने ६ घर भएका दल बहादुर थापालाई पेट सम्बन्धित समस्या आए पछि चिकित्सकले अप्रेसन गर्न सुझाव दिएका थिए । अप्रेसन अगाडी पिसिआर परिक्षण अनिवार्य गर्नुपर्ने थियो ।
थापाले नेपालगन्जको सुर्खेत रोड वडा नम्बर १० मा रहेको नेपाल सरकारद्वारा “बि” वर्गको मान्यता प्राप्त बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर प्रा.लि को ल्याममा आफ्नो पिसिआर जाँच गर्नलाई दिएका थिए । उनले बैशाख १४ गते स्वाब दिएका थिए । जसमा बागेश्वरी ल्याबले दिएकोको रिपोर्ट अनुसार थापालाई कोरोना संक्रमण पोजेटिभ रहेको पुष्टि भएको थियो ।
बागेश्वरी ल्याबले दिएको रिपोर्ट:
चिकित्सक अनुसार कोरोना संक्रमण भए पछि विभिन्न लक्ष्यण देखा पर्छ तर आफुलाई त्यस्तो कोरोना संक्रमण संग मिल्दोजुल्दो कुनै लक्ष्यण नै रहेको आशंकामा उनले पुनः नेपालगन्ज मेडिकल कलेजमा पिसिआर जाँचका लागि बैशाख १६ गते बिहीवार स्वाब दिएकोमा सोहि दिन उक्त रिपोर्टले कोरोना नै नरहेको पुष्टि भए पश्चात आफू झन त्रसित भए ।
मेडिकल कलेज नेपालगन्जको रिपोर्ट
एउटा रिपोर्टले पोजेटिभ आर्कोले नेगेटिभ देखाए पछि आफू दोधारमा परेर मन संतुष्टि गर्न पुनः उनले भेरी अस्पताल नेपालगन्जमा पिसिआर जाँच गर्नका लागि स्वाब दिए । उनले बैशाख १८ गते शनिबार स्वाब दिएका थिए । जसमा आफुलाई नेगेटिभ आए पछि मनको भय शान्त भएको पिडितले बताए ।
भेरी अस्पतालको पिसिआर रिपोर्ट
एउटै व्यक्तिले तीन वटा ल्याबमा पिसिआर जाँच गर्दा बागेश्वरी ल्याबमा गरिएको परिक्षामा मात्र पोजेटिभ देखिएका पिडितले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल समक्ष कार्वाहीको माग राखेको छ ।
यता प्रमुख जिल्ला अधिकारी गेलालले आवस्यक अनुसन्धान गरि रिपोर्ट गलत निकाल्ने ल्याबलाई कानुनी कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जाहेर गरेका छन ।
पिडित थापाको पक्षले गलत रिपोर्ट निकालेर मानवता संग खेलवाड गर्ने बागेश्वरी ल्याबलाई कार्वाही गर्न माग गरेका छन । तर सवै डाक्टर यस्तो हुदैनन् उनले बताएका छन । यता डा. राजन पाण्डे अनुसार ओरलबाट लिएको स्यामपल ३५% को पोजेटिभ आउछ भने ६५ नेगेटिभ आउछ, नाकबाट स्वाब लिदा ६३% पोजेटिभ आउछ, फोक्सो भित्रबाट स्याम्पल लिएमा ९१% पोजेटिभ आउछ (Current medical diagnosis and treatment 2021)मा रहेको उनले बताए ।
तर यसअघि पनि देशभरका विभिन्न जिल्लाका कतिपय ल्याबले बढी शुल्क लिदै, बिदेश पठाउने, लगायत अनेक बहानामा पिसिआरको गलत रिपोर्ट निकाल्ने ल्याबलाई नेपाल प्रहरीले कानुनी दायरामा समेत ल्याईसकेको छ । निलेखबर


