पीडित परिवारलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने माङ
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ मा मंगलबार भएको दुर्घटनाका पीडित परिवारलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने आवाज उठेको छ । सोमबार चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गर्दा भएको जिप दुर्घटनामा चालक सहित ६ जनाको ज्यान गएको थियो ।
शवको पोष्टमार्टम नगर्न भनेपनि प्रशासन र जनप्रतिनिधिको दबाब पोष्टमार्टम गर्न भनेकाले यस्तो दुर्घटना भोग्नुपरेको स्थानीयहरुले आरोप लगाएका छन् । सो घटनामा एकै गाउँका ६ जनाको अकल्पनीय निधन भएकाले मृतकका परिवारलाई राज्यले उचित क्षतिपूर्ती दिनुपर्ने रोडिदेवलका स्थानीय युवा अनिल सिंह भण्डारी ले बताए। उनले भने ‘यो घटनाका स्थानीय सरकार कारणले भएको छ । दुर्घटनामा परेर आफ्ना आफन्त गुमाएकाहरुका लागि राज्यले उचित क्षतिपूर्ती दिनुपर्दछ ।’
पोष्टमार्टमका लागि शव लैजाँदै गर्दा थप ६ जनाको ज्यान जानु निकै दुखद भएको र यसमा सरकारले क्षतिपूर्ती दिनुपर्ने रोडिदेवलका स्थानीय को माग रहेको भण्डारी ले जानकारी दिनुभएको छ।
शवको परीक्षणमा खटिएका स्थानीय सरकारी काममा खटिए सरह भएकाले पीडितका परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्नेमा उनले जोड दिए । उनले भने ‘ प्राकृतिक विपत्तीका कारण मृत्यु भएकाको शव परीक्षणका लागि खटिँदा एकै गाउँका ६ जनाको दुखद निधन भएको छ । यसका लागि स्थानीय सरकार ले उचित क्षतिपूर्ती दिनुपर्दछ ।’
दुर्घटनामा परी दिवंगत भएकाहरुको घरपरिवारको पालनपोषण, बालबालिकाहरुको शिक्षा दिक्षाका लागि राज्यले जिम्मा लिनुपर्ने स्थानीय गुनासो रहेको छ।
सरकारी पक्षकै कमजोरीका कारण मंगलबारको घटना भएकाले पीडित परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति तेजबहादुर चन्दले बताए ।
यो बिषयमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पीडित परिवारको राहतका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले भने ‘कार्यपालिकाको बैठकबाट मृतकका परिवारलाई राहत पुग्ने गरेर क्षतिपूर्ती दिने निर्णय गर्दछौं । मृतकका परिवारलाई रोजगार मिल्ने गरेर केही कार्यक्रम ल्याउँछौं ।’


