पूर्व सांसद् कृष्णसिंह परियारको निधन
नेपालको पहिलो जननिर्वाचित दलित समुदायका पूर्व सांसद् कृष्णसिंह परियारको निधन भएको छ ।
नेपाली कांग्रेसका नेता परियार वि.सं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । स्व. नेता परियार राज्य ब्यवस्था समितिको सभापति समेत भएर कार्य गर्नुभएको थियो । बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध नेता परियार पंचायती ब्यवस्थाको बिरुद्धमा संघर्ष गर्दा धेरै दुःख कष्ट ब्यहोर्दै जेल समेत पर्नुभएको थियो । नेता परियार जातीय विभेद विरुद्ध अग्रणी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो ।
स्व. नेता परियारको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आज दिउँसो १२ देखि १ बजेसम्म राखिने भएको छ । मधुमेह, प्रेसरका बिरामी नेता परियारको आज विहान ७ बजे नेपालगन्ज १२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ ६८ बर्षका हुनुहुन्थ्यो ।


