२ श्रावण २०८३, शनिबार

प्रचण्डको नेतृत्व खतरामा हुँदा माधव नेपाल संग गोप्य तयारी

एसीपी संवाददाता

३१ श्रावण २०८१, बिहीबार २०:१४ मा प्रकाशित

काठमाडौं– अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्र विघटनको तयारी गरेका छन्।

प्रचण्ड संग हात मिलाएर केपि ओलिको साथ छोडेला थिए माधव नेपाल

योसँगै उनले नयाँ क्रमभंगताका नाममा नेकपा एकीकृत समाजवादीसँग एकताको खाका तयार पारिरहेका छन्। यसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मौखिक सहमति भइसकेको उच्च स्रोतले जनायो।

स्थायी समितिको बैठकमा प्रचण्डको विकल्पमा तेस्रो पुस्ताको नेतृत्वको सवाल र विवाद आएपछि कोटेश्वर र खुमलटारमा भएका प्रचण्ड–माधव बैठकले नयाँ सहमति अगाडि ल्याउने तयारी छ।

त्यो सहमति लिखित रुपमा सम्पन्न गरी माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी भंग गरी समाजवादी कम्युनिस्ट पार्टी (सकपा) नाम राखी नेकपाको पुनर्गठनको नाम दिने तयारी भएको हो।

माओवादी र एमाले मिलेर नेकपा बनेको थियो। त्यसबेला दुवै दल विघटन गरी घुलित भएको घोषणा गरिएको थियो। तर आन्तरिक विवादका चुलिँदै जाँदा अदालतले दुई पार्टी अलग–अलग गरी ब्युँताएको थियो।

प्रचण्डले पार्टीको नाम फेर्नुलाई क्रमभंगताको नाम दिने गरेका छन्। उनले एउटा कन्क्लेभमा भनेका थिए,‘विघटन र पुनर्गठन भनेको मेरा लागि सामान्य कुरा हुन्। नयाँ नयाँ भइरहन्छ।’

माओवादी केन्द्रको नाम यसअघि कोष्ठभित्रको माओवादी थियो। रामबहादुर थापा बादललगायतको टोली फर्किएपछि त्यसको नाम माओवादी केन्द्र राखिएको थियो।

नेकपा केन्द्र मसालको महामन्त्री भएदेखि नै पार्टीको नाम विविध चरणमा फेरिएका छन्। नेकपा माओवादी बनाएर भूमीगत युद्ध चलाएको १० बर्षपछि सार्वजनिक राजनीतिमा आउँदा उक्त पार्टीको नाम एकीकृत नेकपा माओवादी बनाइएको थियो। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x