१२ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीको प्लान मन्त्री नभएकालाई बिशेस जिम्मेवारी

एसीपी संवाददाता

२३ जेष्ठ २०७८, आईतवार २२:४९ मा प्रकाशित

काठमाडौं । मन्त्रिमण्डल पुर्नगठनमा बाहिरिएका मन्त्रीहरुले अब के गर्छन् ? उनीहरु एमालेको संगठन निर्माण र चुनावी अभियानमा लाग्नेछन् । यही रणनीतिसाथ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्नुभएको जानकारी प्राप्त भएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनसँगै शशक्त रुपमा चुनावी अभियान थाल्नुभएको देखिन्छ । उहाँले एक से एक लोकप्रिय मन्त्रीहरुलाई मन्त्रिमण्डलको जिम्मेवारीबाट चुनावी मैदानको जिम्मेवारी दिनुभएको छ ।

‘सक्षम र लोकप्रिय मन्त्रीहरुलाई मैले मन्त्रिमण्डलको भन्दा आकर्षक जिम्मेवारी दिएको छु’– प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै उहाँ निकट एक नेताले भने– ‘एमालेको चुनावी कमाण्डरका रुपमा जिम्मेवारी बहन गर्न उहाँहरुलाइ पठाइएको हो, मन्त्री पदबाट हटाइएको होइन । मन्त्री पदभन्दा ठूलो र गहन जिम्मेवारी उहाँहरुले पाउनुभएको छ ।’

मन्त्रिमण्डल पुर्नगठनको शैलीले प्रतिपक्षी कांग्रेस तथा माओवादी केन्द्र स्तब्ध भएका छन् । इश्वर पोखरेल देखि प्रदीप ज्ञवालीसम्मका मन्त्रिमण्डलका लाकप्रिय सदस्यलाई प्रधानमन्त्रीले विदा गर्नुभएको छ । स्वास्थ्य मन्त्री रहनुभएका ह्रदयेश त्रिपाठी भने एमालेकाे संगठनमा राजनीतिक रुपमा जाेडिनुभएकाे छैन । त्यसैगरी शिवमाया तुम्वाहाङफे, पार्वत गुरुङ, भानुभक्त ढकाल पनि चुनावी माेर्चामा सरुवा गरिनुभएकाे छ । सक्षम, इमानदार र लोकप्रिय कहलिएका मन्त्रीहरुलाई विदा गर्ने अपेक्षा प्रतिपक्षी कित्ताले गरेको थिएन ।

‘प्रधानमन्त्री केपी ओलीले चुनाव गराईछाड्ने षडयन्त्र गरिरहनुभएको छ भन्ने मन्त्रिमण्डलको यो पुर्नगठनले पनि संकेत गरेको छ’– माओवादी केन्द्रका एक नेताले सनराइज खबरलाई बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले तराईलाई स्पष्ट रुपमा लक्षित गरेको र ओलीको मन्त्रिमण्डल पुर्नगठन शैलीले माओवादी केन्द्रलाई कुनै फरक नपर्ने तर कांग्रेसलाई असर पर्ने दावी गरे ।

प्रधानमन्त्री ओली एमालेका अध्यक्ष समेत हुनुहुन्छ । नेकपा विघटन भएर एमाले बनेपछि पार्टी संगठनमा पर्याप्त ध्यान नदिइएको गुनासो ओलीले गर्दै आउनुभएको थियो । माधव नेपालको गुटले एमालेभित्र चलाएको अन्र्तध्वंश अभियानले पार्टीभित्र हुने क्षति न्यूनीकरण गर्ने प्रयासमा ओली हुनुहुन्थ्यो । प्रधानमन्त्री निकट नेता भन्छन्– ‘इश्वर पोखरेलदेखि प्रदीप ज्ञवालीसम्मका नेताहरुलाई ओलीले संगठन पुननिर्माणमा खटाउनुभएको छ, मन्त्रीहरुलाई जिम्मेवारी परिवर्तन गरेर चुनावी अभियानमा पठाउनुभएको छ ।’

प्रधानमन्त्री ओली निकट ती नेताको भनाई थियो– ‘पुनर्गठनमा म पनि मन्त्री बनिनँ, जबकी मैले अपेक्षा गरेको थिएँ । प्रधानमन्त्रीले मलाई चुनावी मैदानमा खटाउनुभएको छ । आउँदो चुनावमा आफ्नो जिल्ला तथा प्रदेशमा एमालेलाई सम्पूर्ण रुपमा जिताउने जिम्मेवारी दिनुभएको छ ।’पाथीभरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x