४ श्रावण २०८३, सोमबार

प्रधानमन्त्रीमा ओलिले आइतबार सपथ लिने

एसीपी संवाददाता

३० असार २०८१, शनिबार १२:३८ मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि (आइतबार) बिहान प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

ओलीले भोलि दिउँसो प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन्।

ओलीलले शुक्रबार साँझ प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए। शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका थिए।

ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका थिए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x