१३ मंसिर २०८३, शनिबार
प्रधानमन्त्री देउवाले ९५८ मत लिइ अग्रस्थानमा
२८ गते मङ्सिर २०७८ ।
कांग्रेसको सभापतिका लागि जारी मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् ।
राष्ट्रियसभा गृहमा बिहानदेखि सुरु भएको मतगणनामा २००६ मतको गणना सकिँदा देउवाले ९५८ मत पाएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका छ्न ।
नेपाली कांग्रेस नेतृत्वका लागि ५ जना सभापति पदका उम्मेदवार छ्न । प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छ्न । अहिले मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
Subscribe
Login
0 Comments


