१२ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले भेटवार्ता

एसीपी संवाददाता

२ मंसिर २०७८, बिहीबार १६:३६ मा प्रकाशित

२ गते मंसिर २०७८ बिहीबार । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले भेटवार्ता गरेका छन् । आज साँझ भएको भेटवार्तामा दुई देशको सम्बन्ध, सहयोगलगायत बहुपक्षमा कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री देउवाको ट्वीटरमा नेपाल अमेरिका सम्बन्ध, सहयोग र बहुक्षेत्रीय द्वीपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको उल्लेख छ । भेटमा अमेरिकी राजदूत रेन्डी बेरी पनि सहभागी थिए ।

अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित गर्नेबारे अलमल भइरहँदा अमेरिकी सहायक विदेशमन्त्रीको नेपाल भ्रमण भएको हो ।

रिपोर्टसनेपाल
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x