१२ मंसिर २०८३, शुक्रबार

प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान

एसीपी संवाददाता

२४ कार्तिक २०७८, बुधबार ०९:५७ मा प्रकाशित

२४ गते कात्तिक २०७८ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाको नेतृत्व सम्हालेयता पहिलो विदेश भ्रमण गएका शर्माले भारतीय सेनाध्यक्षको सम्मान पाएका हुन् । सन् १९५० देखि नेपाल भारतबीच एकाआर्का सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने चलन रहेको छ ।

 

मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मंगलबार साँझ भने उनले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए ।

भारतीय सेनाका स्थल सेनाध्यक्ष नरवणेलाई भने २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x