१ भाद्र २०८३, सोमबार

प्रियंकाले आफ्नो बेबी बम्प लुकाएकी थिइन्

एसीपी संवाददाता

२८ बैशाख २०७८, मंगलवार ०३:५८ मा प्रकाशित

फागू पर्वमा केही तस्वीर सार्वजनिक गरेपछि नायिका प्रियंका कार्कीलाई फ्यानले सोधे–‘के तपाई गर्भवती हुनुहुन्छ ?’ सार्वजनिक तस्वीरमा प्रियंकाले आफ्नो बेबी बम्प लुकाएकी थिइन् । प्रियंका केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए । त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै तस्वीर सार्वजनिक गरिन् । उनले लेखिन्–‘अबदेखि नसोध्नुहोला । हामी गर्भवती छौ ।’

यसपछि भने प्रियंकाले दैनिक एउटा तस्वीर राखिरहेकी छिन् । उनै, प्रियंकाले आयुष्मानसँगको एक तस्वीर राख्दै लेखेकी छिन्–‘हाम्रो सानो चमत्कार’ ।

नायिका कार्की र नायक देशराजलाई उनका फ्यान, शुभचिन्तकले वधाई दिइरहेका छन् । गतबर्षको फागुण १६ गते वैवाहिक जीवनमा बाधिएकी नायिका कार्कीले शुभचिन्तक, आफन्त र चलचित्रकर्मीबाट पाएको शुभकामनालाई आफूले मायाको रुपमा लिएको उल्लेख गरेकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x