२ श्रावण २०८३, शनिबार

बङ्गलादेशले श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गर्दा नेपाल सेमिफाइनलमा

एसीपी संवाददाता

४ भाद्र २०८१, मंगलवार २०:०५ मा प्रकाशित

राजधानीमा जारी यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा समूह ‘ए’ मा रहेको बङ्गलादेशले सोही समूहमा रहेको श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

यसअघि नेपालले उद्घाटन खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ बाट शीर्ष तीन अङ्क जोडेको थियो । पछिल्लो हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । बङ्गलादेशको जितमा मिराजुल इस्लाम र पिएश अहमद नोभाले समान एक एक गोल गरे । खेलको १८औँ मिनेटमा इस्लामको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो ।

त्यसपछि खेलको अन्त्यतिर नोभाले गोल गर्दै बङ्गलादेशको जित पक्का गरे । समूह ‘ए’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल यही भदौ ६ गते हुनेछ । यस्तै, प्रतियोतिगाअन्तर्गत भोलि माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x