१२ आश्विन २०८३, सोमबार

बाँकेका चारवटा पालिकामा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु

एसीपी संवाददाता

२७ मंसिर २०७८, सोमबार ०६:२१ मा प्रकाशित

नेपालगन्ज = बाँकेका चारवटा पालिकामा आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । डुडुवा, बैजनाथ, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा आज र भोली भेरोसेल र कोभिशिल्डको पहिलो र दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । यसअघि २३ र २४ गते नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा खोप लगाइएको थियो । बाँकेमा १ लाख ६५ हजार १२ जनालाई पहिलो डोज र ३० हजार ७ सय ६३ जनालाई दोस्रो डोज खोप लगाउने लक्ष्य छ ।  यसैबिच कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० कैलालीका ४२ वर्षीय पुरुषको उपचारका क्रममा भरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि उनी हिंजो भेरी अस्पतालमा भर्ना भएका थिए । हिंजो नै कोभिड संक्रमण पुष्टि भएका उनको आज विहान ५ बजे तिर मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४३६ जनाको मृत्यु भएको छ ।
यस्तै बाँकेमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९४ जनाको नमुना जाँच्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १६ जनाको नमुना जाँच्दा १ जना र कोहलपुर मेडिकल कलेजमा ५४ जनाको नमुना जाँच्दा ४ जनामा कोरोना संक्रमण देखिएको छ । बागेश्वरी ल्यावमा २४ जनाको नमुना जाँच्दा गर्दा कसैलाई पनि कोरोना देखिएन् । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ७२ पुगेको छ । यस्तै थप २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय २० पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x