१२ आश्विन २०८३, सोमबार

बाँकेमा ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिए

एसीपी संवाददाता

६ आश्विन २०७८, बुधबार ०९:३५ मा प्रकाशित

६ गते असोज २०७८ बुधबार । बाँकेमा आज ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । तीनवटा प्रयोगशालामा १४१ नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका सबै भेरी अस्पतालमा गरिएको नमुना परीक्षण मध्येका हुन् ।

मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा ६२ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । ३६ जना संक्रमित मध्ये बाँकेमा २२ जना हुन् । नेपालगन्जका १७, कोहलपुरका ३, खजुराका २ र राप्तीसोनारीका १ जना छन् ।

योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ७० पुगेको छ । आज थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९४ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x