१२ मंसिर २०८३, शुक्रबार

बाँके जिल्लाको विद्युत आपूर्ति सहज गर्न माननीय लक्ष्मी तिवारीको पहल

एसीपी संवाददाता

११ जेष्ठ २०८१, शुक्रबार २०:१६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी का माननीय सासद लक्ष्मी तिवारीले नेपालगन्ज नगर सहित बाँके जिल्लाको विद्युत आपूर्ति सहज बनाउनका लागि पहल गर्दै छलफल गर्नु भएको छ ।   हिजो २०८१ जेष्ठ ११ मा नेपाल विद्युत काे केन्द्रिय कार्यालय रत्नपार्क मा मा. लक्ष्मी तिवारि, मा. विन्ध्यवासिनी कांसकार कार्यालय   पुगेर ने वि प्रा का कार्यकारी निर्देशक कुलमान घिसिङ तामाङ सङ हाल नेपालगंज मा हुँदै गरेकाे विद्युत समस्या समाधान काे सन्दर्भमा छलफल गर्नु भयो  । अहिले तत्कालाइ बढि गर्मी काे समयमा लाेड न पुग्ने नै हुने भयाे र हाललाइ कुनै अन्य विकलप न रहेकाे जानकारी घिसिङले दिनु भयो ।  अर्काे वर्ष भने बबई बाट पनि प्रसारण लिने, साेलार बाट पनि उत्पादन गरिने र साथै काेहलपुर १३२ के भि लाइन सिधै नानपारा सम्म तानिने ले हाल नेपालगंज ले भाेग्ने गरेकाे समस्या समाधान हुने भन्ने जानकारी दिइएकाे छ । साथै विद्युत कर्मचारी (मिटर जडान, रिडिङ) हरुले कुनैपनि किसिमकाे अनाधिकृत पैसा माग्ने जस्ता कुरा (नरैनापुर तर्फ काे केही गुनासाे सुनिएकाे थियाे) त्यस बिसयमा पनि छलफल गर्नु भयो ।  नेपालगंज इन्जिनियर जगन्नाथ लामिछानेलाई घिसिङले तत्काल दोषीलाई कार्यवाही गर्न  फाेन गरेर तु कार्वाही गर्ने भनेकाे समेत जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x