११ भाद्र २०८३, बिहीबार

बाँके डुडुवा गाउँपालिका वडा नं. ४ मा भएको हमला र बलात्कार विषयमा जिप्रका बाँके सजग , भयो नयाँ खुलासा

एसीपी संवाददाता

२१ पुष २०८२, सोमबार १७:१८ मा प्रकाशित

डुडुवा गाउँपालिकाको घटनाले जहाँ देश भर तरंग उत्पन्न भएको छ भने प्रहरीले यस घटना बारेमा थप खुलासा गरेको छ ।

आज प्रेस वक्तव्य जारी गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धानको क्रममा प्राप्त जानकारी सार्वजनिक गरेको छ ।

जिप्रका बाँकेको भनाई 

मिति २०८२ पौष १७ गते बिहान करिब २:०० बजेको समयमा जिल्ला बाँके डुडुवा गाउँपालिका वडा नं. ४ मा सद्दाम खाँलाई केही व्यक्तिहरूको समुहले मरणासन्न हुनेगरी कुटपिट गरेका छन् भनि यस कार्यालयलाई जानकारी प्राप्त हुन आई प्रहरी टोली सम्बन्धित घटनास्थलमा पुगी घाईतेको उद्दार र उपचारका लागी नेपालगंज न्यूरो हस्पिटल प्रा.लि. लगिएको । उक्त स्थानमा घाईतेको प्राथमिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनउमा लगिएको र घाईतेको पारिवारिक स्रोतबाट प्राप्त जानकारी अनुसार निजको स्वास्थ्य अवस्था हाल सम्म गम्भिर रहेको जानकारी दिएको हो ।

उल्लेखित घटनासँगै जोडिएर एक जना नाबालिका बलात्कृत भएको बिषयमा समेत यस कार्यालयलाई जानकारी प्राप्त हुनासाथ प्रहरीले विस्तृत स्वास्थ्य परिक्षण लगायतको अनुसन्धान कार्य सुरु गरेको जनाएको हो ।

उपर्युक्त दुवै घटना गम्भिर प्रकृतीका फौजदारी कसूर भएको हुँदा प्रहरी एकदमै सजग र संवेदनशिल भई घटनाहरुको अनुसन्धान एवं घटनामा संलग्न कसूरदारहरुको पहिचान र खोजि कार्यमा रहेको छ।

उल्लेखित घटनाहरुका सम्बन्धमा विभिन्न सामाजिक संजाल तथा संचार माध्यमहरु मार्फत विशुद्ध अपराधिक घटनाहरुलाई राजनितिक, धार्मिक लगायत साम्प्रदायिक भावनासँग जोडी निष्पक्ष अनुसन्धान कार्यलाई अनुचित रुपमा प्रभावित गर्ने र घटनालाई अतिरञ्जित गर्ने कार्यले सामाजिक सद्भावमा समेत खलल पुग्न सक्ने सम्भावना प्रति जिप्रका बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ।

अतः दुवै घटना फौजदारी कसूर भएको हुँदा यस कार्यालयबाट निष्पक्ष र वस्तुगत तथ्य प्रमाणका आधारमा दोषिलाई कानूनी दायरामा ल्याई पिडितलाई पुर्ण न्याय सम्पादन गर्ने कार्यमा प्रहरी प्रतिबद्ध रहेको साथै प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग पुग्ने सूचनाहरु उपलब्ध गराई प्रहरी कारवाहीमा रचनात्मक सहयोग गर्नुहुन समेत सम्बन्धित सम्पुर्णमा अनुरोध गर्दछौं ।

साथै यस घटनाको अनुसन्धान कार्यलाई प्रभावित गर्ने मनशाय राखी अनर्गल प्रचारप्रसार गरी पीडितलाई झन् पीडित बनाउने, आफै अनुसन्धान गर्ने आफै दोषी करार गर्ने, विभिन्न व्यक्ति तथा समुदाय लक्षित दुष्प्रचार गरी व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक सद्भाव खलबलाउने जस्ता कार्यहरू जो कोहीबाट भए गरेको पाइएमा त्यस्ता व्यक्ति समूह तथा सञ्चारमाध्यमहरूलाई समेत जिम्मेवार बनाई प्रचलित कानुन बमोजिम कारबाही भइजाने व्यहोरा जानकारी गराएको छ ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (दिपक पातली) जारी गर्नुभएको प्रेस बिज्ञप्ती जारी गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x