बागेश्वरी एफएम १८ औं बर्षमा प्रवेश
२६ गते असोज २०७८ मंगलबार । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहिलो व्यवसायिक रेडियो बागेश्वरी एफएम ९४.६ मेगाहर्ज आजदेखि १८ वर्षमा प्रवेश गरेको छ । २०६१ साल असोज २६ गते आजकै दिन विहान ११ बजेर ३३ मिनेटमा रेडियो बागेश्वरीले आफ्नो प्रशारण प्रारम्भ गरेको थियो ।
नेपालगन्जको फुलटेक्रास्थित हडियाबाबा मन्दिर आश्रमस्थल नजिकैबाट एक हजार वाटमा प्रशारण सुरु गरेको रेडियो बागेश्वरी १८ वर्ष आइपुग्दा अहिले नेपालगन्ज उपमहानगरपालिका १० आदर्शनगरस्थित सुविधा सम्पन्न आफ्नै भवनबाट गुञ्जीरहेको छ । विहान ५ बजेदेखि राती ११ बजे दैनिक १८ घण्टासम्म प्रशारण भइरहेको रेडियो बागेश्वरी समाचार, सूचना र संगीतको अनुपम संगम रहि आएको छ । बागेश्वरी एफएम ब्रान्ड अहिले पनि श्रोताले भुलेका छैनन् । नेपालगन्जमा एफएमको स्थापना पछी थुप्रै एफएम खुलेका हुन कति पय बन्द भए कति पय संचालन मा छ्न तर बागेश्वरी एफएमलाई जति माया प्रेम दिए त्यो अरुलाई दिन सकेनन । यसमा विभिन्न भासामालाई समेत समायोजन गरेकोले हरेक समुदायको लोकप्रिय रहेको हो ।
प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि सदैव अडिग भएर आफ्ना प्रशारण सामाग्रीलाई जनमैत्री बनाएकै कारण यसक्षेत्रका लाखौं स्रोताको ढुकढुकी बनेको छ । रेडियो बागेश्वरी व्यवसायीक भएपनि यसले आम नागरिकका सवाललाई सम्वोधन गर्दै आइरहेको छ । रेडियो बागेश्वरीले अहिले चार भाषासहित दैनिक ११ वटा समाचार बुलेटिन प्रशारण गर्दै आएको छ ।
थारु, हिन्दी, अवधी , सहित नेपाली भाषामा समाचार प्रशारण हुने रेडियो बागेश्वरी यसक्षेत्रकै पहिलो र एकमात्र रेडियो हो । रेडियो संचालक समितिका अध्यक्ष राजविक्रम शाहले रेडियो बागेश्वरीले प्रशारण गर्ने सामाग्रीलाई अझ जनमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । शाहले यहाँसम्म ल्याई पुर्याउने स्रोता, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । एफएमबाट आफ्नो कार्य थालेका थुप्रै आरजे समाचार बाचकहरु राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान स्थापित गरेका छन । बागेश्वरी एफएमका प्र्स्तोताहरुको १८ बर्ष आई पुग्दा पनि उत्तिकै लोकप्रियता रहेको छ ।


