बाढीपहिरोका पीडितहरुको लागि विशेष प्याकेजको घोषणा गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता
७ गते कात्तिक २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिमाञ्चल पछि अब पुर्ब लागेका छ्न । अहिले पुर्बको बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउदा जनतामा खुशीको महौल भएको छ । अरु प्रधानमन्त्री जस्तो आफू नभएको र तुरुन्त एक्सनमा जाने प्रधानमन्त्रीले बताउनु भयो ।
आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा सुनसरीको इटहरी पुग्नुभएका प्रधानमन्त्री देउवाले किसानलाई विशेष राहत प्याकेज घोषणा गर्ने बताउनुभयो । अहिले देशको पश्चिम् देखि पुर्ब सम्मका किसानका धानको बाली नस्ट भएको छ । त्यसलाई ध्यानमा निर्णय गर्ने जानकारी दिनु भयो ।
खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उहाँले पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताउनुभयो । किसानलाई मौसमको मार जो यश कोइ नेपाली नागरिक बिचलित नहुन आग्रह गरे । साथै किसानको सहयोगका लागि यो सरकार छ ढुक्क हुनुस सरकारले छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने वताउनु भयो । देशमा मेची देखि महाकाली सम्म किसान् पीडित बनेका छ्न ।
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीको प्रशंशा समेत गर्नुभयो । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताउनुभयो ।


