१२ आश्विन २०८३, सोमबार

बिदेशमा खोजी खोजी चिनियाँ नागरिकलाई कोरोना विरुद्धको खोप

एसीपी संवाददाता

२९ जेष्ठ २०७८, शनिबार ०२:४४ मा प्रकाशित

एजेन्सी । चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूलाई कोरोना विरुद्धको खोप लगाईएको जनाएको छ ।

लगभग १५० वटा मुलुकमा रहेका झण्डै १२ लाख चिनियाँहरुलाई काेराेनाविरुद्धको चिनियाँ खोप लगाइएको हो ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ पिनले हिजो नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको दावी गरे ।

यस बाहेक चीन सरकारले हालसम्म आफ्नो मुलुकमा रहेका दुई लाखभन्दा बढी विदेशीहरुलाई चिनियाँ खोप लगाएको छ ।

चीनमा बसेका विदेशीहरुको स्वास्थ्यलाई उच्च ध्यान दिएर उमेर मापदण्ड पूरा गरेका थप विदेशीहरूलाई पनि चिनियाँ खोप लगाउने योजना छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x