१२ आश्विन २०८३, सोमबार

बिप्लव माओवादी असन्तुष्ट अब के होला

एसीपी संवाददाता

२० असार २०७८, आईतवार १३:०९ मा प्रकाशित

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफुहरुसंग गरेको सहमति गम्भीरतापूर्वक कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता  खड्गबहादुर विश्वकर्माले सम्झौता कार्यान्वयनमा ढिला भएको र यस बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । उहाले आफुले इमान्दारीपूर्वक सरकारसंग भएको सहमति कार्यान्वयन गरेको र सरकारले पनि कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्रीसंगको भेटमा सहमति कार्यान्वयन गर्र्ने आश्वासन पाएको उहाको भनाई छ । उहाले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढंगले प्रवेश सामान्य घटनाक्रम नभएको बताउनुभयो । तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा पुगेको उहाले बताउनुभयो ।  विश्वकर्माले आफ्ना नेता कार्याकर्तालाई छिटो भन्दा छिटो रिहाई नगरे त्यसको मूल्य सरकारले चुकाउनुपर्ने चेतवनी पनि दिनुभयो ।

विश्वकर्माले परिवर्तन र जनमतलाई अव कसैले रोक्न नसक्ने बताउनुभयो । उहाले संसद पुनस्र्थापना भएपनि नभएपनि आफ्नो सरोकारको बिषय नरहेको तर्क गर्नुभयो । आफुहरु अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा रहेको उहाको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x