१८ आश्विन २०८३, आईतवार

बिश्वकप टि २० मा आज भारत पाकिस्तान बिच प्रतिस्पर्धा

एसीपी संवाददाता

७ कार्तिक २०७८, आईतवार ०४:१५ मा प्रकाशित

७ गते कात्तिक २०७८ । आज भारत र पाकिस्तान बिच हुने क्रीकेटको रोमाञ्च बिश्व भर बढेको छ । यूएईमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आइतबार बेलुकी नेपाली समयानुसार पौने ८ बजे खेल हुँदैछ । आज हुने खेलमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आइतबार आज हुँदैछ ।
आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ । अहिले सम्म भारत र पाकिस्तान बिच बिश्व कपमा भएको सम्पुर्ण मैच भारतले नै जितेको हो ।

( कोभीड १९ )कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा खेलाइएको हो । ओमानमा पहिलो चरणको एउटा समूहको खेल भएको थियो ।
सुपर १२ पछि भने सबै खेल यूएईको तीनवटा मैदानमा खेलाइँदै छ ।
सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । भारत र पाकिस्तानबीच लामो समयदेखि राजनैतिक तनाव रहँदै आएको छ । खेल क्षेत्रमा पनि यसको असर प्रष्ट देखिन्छ ।
त्यसैले क्रिकेट मैदानमा पनि यिनीहरु लडाइ लडे जसरी उत्रने गर्छन् । मैच शुरु हुनु भन्दा पहिले नै समाजिक संजालमा पनि प्रतिस्पर्धा शुरु भएको छ । यता समाजिक सन्जालमा आज भोलि जुवा जस्तै बजार तत्तिएको छ । अहिले भारत र पाकिस्तानका खेलाडी लाई जति प्रेसर छ त्यो भन्दा ठुलो तनाव फ्यानहरुले लिएका छ्न ।
यस खेललाई जित र हार मात्र नभएर प्रतिष्ठाको लडाइको रुपमा दुबै देशले लिने गरेका छ्न ।
सन् २०१९ को एकदिवसीय विश्वकपपछि यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन् । टी–२० मा भने यी दुई टोली २०१६ को विश्वकपमा भिडेका थिए । २०१६ को बिश्व कपको फाईनलमा धोनीको कप्तानिमा भारतले पाकिस्तान अलआउट गर्दै टि २० कपको बिजेता बनेको थियो । भारत लिग र फाईनल पाकिस्तानलाई पराजित गरेको थियो ।
ग्रुप १ को अर्को खेल बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ । आज आइतबार भारतमा बिदा भएकोले यो मैच ठुलो ठुलो पर्दामा देखाइने समेत भारतका समाचार एजेन्सीले जनाएको छ । उता पाकिस्तानका गृहमन्त्री उक्त न हेरेर फर्किन पाकिस्तान प्रधानमन्त्री ईमरानले बोलाएका छ्न । उनी मैच हेर्न पुगेका थिए तर फिर्ता बोलाउनुमा के उद्देश्य हो सार्बजनिक गरिएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x