१२ मंसिर २०८३, शुक्रबार
बिहीवार बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु
नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज १२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज १० की ७८ वर्षीया महिला, नेपालगन्ज १ का ५८ वर्षीय पुरुष, नेपालगन्ज १० का २७ वर्षीय पुरुष, भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिला, नेपालगन्ज ४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज १० का ७८ वर्षीय पुरुष, नेपालगन्ज १९ का ७७ वर्षीय पुरुष र नरैनापुर १ बाँकेका ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ५ बाँकेका ३२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो संगै कोरोनाबाट बाँकेका १५७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १२७ जनाको मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments


