१८ आश्विन २०८३, आईतवार

बेलायत र पश्चिम् देशको लागि चीन ठुलो खतरा

एसीपी संवाददाता

१५ आश्विन २०७८, शुक्रबार ०९:४७ मा प्रकाशित

 चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा भएको दाबी गर्दै आएको यसबारे बिश्व नै चिन्तित बनेको छ                

१५ गते असोज २०७८ शुक्रबार । बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा बन्ने बताएका छन्।

उनको भनाइ उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्।

उनले आगामी २० वर्षमा चीनको सैन्य श्रेष्ठताको लक्ष्यलाई उजागर गर्दै र दक्षिण चीन सागर क्षेत्रमा यसको आक्रमणको निन्दा गरेका छन्। डन्कन स्मिथले भने, चीनले हामीलाई ठूलो र ठूलो खतरा सिर्जना गरेको छ।

उनीहरुले कोभिडभन्दा पहिले नै लक्षित मिति तय गरेका छन्। सन् २०३९ सम्म मलाई लाग्छ चीन विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति राष्ट्र बन्ने छ, उनले भने।

पछिल्लो समय चीनले आफ्नो पहुँच विस्तार गर्दै गएको छ। इण्डो प्यासिफिक क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउँदै गएको चीनलाई रोक्न पश्चिमा राष्ट्रहरुले विभिन्न समूह र रणनीतिहरु बनाइरहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x