१२ मंसिर २०८३, शुक्रबार

भारतको मुम्बईमा २१ करोडको युरिनियमको अनुसन्धान एनाईएले गर्दै

एसीपी संवाददाता

२८ बैशाख २०७८, मंगलवार ०१:२४ मा प्रकाशित

एजेन्सी । भारतको एनआईए (राष्ट्रिय अनुसन्धान एजेन्सी) ले मुम्बईमा भेट्टाइएको सात किलोग्राम युरेनियमको अनुसन्धान गर्ने जिम्मा लिएको छ।

यस अघि मुम्बई पुलिसको एसआईटी इकाईले यस घटनाको अनुसन्धान गरिरहेको थियो।

महाराष्ट्र पुलिसको आतंकवाद विरोधी टोली (एटीएस) ले जिगर जीएस पांड्या र अबु ताहिर अफजल चौधरी नामका दुई व्यक्तिलाई गत हप्ता मुम्बईको बाहिरी इलाकामा पक्राउ गरेको थियो।
एटीएसले उनीहरूको कब्जाबाट सात किलोग्राम १०० ग्राम प्राकृतिक यूरेनियम बरामद गरेको छ जसको मूल्य बजारमा २१ करोड रुपैयाँ छ।

पक्राउ परेका व्यक्तिहरु यसलाई बेच्न कोशिस गर्दै थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x