१२ मंसिर २०८३, शुक्रबार

भारतद्वारा आफनै देशको कोभ्याक्सिन खोप बालबालिकाहरुमा परीक्षण शुरु

एसीपी संवाददाता

७ असार २०७८, सोमबार ०७:०९ मा प्रकाशित

भारतले आफनै देशमा बनाएको कोभ्याक्सिन खोपको बालबालिकाहरुमा परीक्षण शुरु गरेको छ ।

पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सञ्जिव कुमारले बताए ।

आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने छ । दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने छ । त्यसको प्रभावकारिताको आधारमा खोप अनुमोदन गरिने छ ।

हालसम्म १८ वर्ष उमेरभन्दा माथिकालाई मात्र कोरोना खोप दिने गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x