१२ आश्विन २०८३, सोमबार

भारतबाट ल्याईएको कोभिशिल्डको दोश्रो मात्रा खोप दिने तयारी

एसीपी संवाददाता

२४ श्रावण २०७८, आईतवार ०९:४३ मा प्रकाशित

भारतबाट आएको खोपको पहिलो खोप लगाई सकेकालाई कोभिशिल्डको दोश्रो मात्रा खोप लगाईने भएको छ । सोमबार र मंगलबार काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको हो । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र लगाउन लागिएको हो । केही महिना आगाडि यो खोप भारत सरकारबाट १० अनुदानमा र १० लाख सरकारले आफ्नो लगानीमा किनेको थियो । नेपाल सरकारलाई भारतीय सेना समेत गर्दै बिभीन्न समयमा अलग अलग स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिकासहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्यरुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खोप लगाउने कार्य गर्न अनुरोध पनि गरेको छ ।
उल्लेखित नगरपालिकाको खोप केन्द्र यसअघि भेरोसेलको दोस्रो मात्रा लगाउँदा कायम भएका केन्द्रहरु नै तय गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x