१२ मंसिर २०८३, शुक्रबार
भारतबाट शनिबार १० लाख कोभिसिल्ड खोप आउँदै
२२ गते असोज २०७८ शुक्रबार । शनिबार भारतबाट नेपालले खरिद गरेको १० लाख डोज कोभिसिल्ड आउने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले भोलि २ बजेतिर एयर इन्डियाको फ्लाइटबाट खोप आइपुग्ने बताए ।
‘खोप आएपछि क–कसलाई लगाउने भनेर हामी योजना बनाउँदैछौँ ।पहिला छुटेकाले खोप पाउनेछन्,’ उनले भने ।
भारत सरकारले कोरोना महामारीको दोश्रो लहर बढेसँगै खोप निर्यातमा रोक लगाएपछि खोप आउन पाएको थिएन । गत फागुन ५ मा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज आउन बाँकी थियो । ईकान्तिपुर
Subscribe
Login
0 Comments


