१३ आश्विन २०८३, मंगलवार

भारतमा आजबाट १८ वर्ष माथिका सबैलाई खोप लगाउने

एसीपी संवाददाता

१९ बैशाख २०७८, आईतवार ०२:०७ मा प्रकाशित

एजेन्सी । भारतमा आजबाट १८ वर्ष माथिका सबैलाई खोप लगाउन शुरु गरिएपनि खोपको अभावमा अभियान प्रभावित हुने देखिएको छ । केन्द्र सरकारले यस्तो निर्णय गरेपनि तर कैयौँ राज्यहरूले पर्याप्त खोप उपलब्ध नभएको बताइरहेका छन्।

दिल्ली, विहार, पश्चिम बंगाल, आन्ध्र प्रदेश, जम्मु कश्मिर तेलंगलना पञ्जाव, उडिसालगायतका राज्यले आजैबाट नयाँ खोप अभियान शुरु गर्न नसकिने जनाएका छन् । अधिकारीहरुले खोप केन्द्रहरुमा नजान नागरिकहरुलाई अपिल गरेका छन् ।

कोरोनाको दोस्रो लहरले थलिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले खोप उपलब्ध नभएकाले आजबाट खोप अभियान शुरु गर्न नसकिने बताउनुभएको छ । दुई करोड जनसङ्ख्या भएको भारतको आर्थिक राजधानी मुम्बईमा खोप भण्डारण कम हुँदै गएकाले तीन दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको छ ।

संसारकै सबभन्दा ठूलो मात्रामा खोप उत्पादन गर्ने भए पनि भारतसँग खोप लगाउन मिल्ने उमेर समूहका करिब ८० करोड मानिसका लागि आवश्यक मात्रा उपलब्ध छैन । कोरोना महामारीको महासंकटका कारण खोप अभियानको गति पनि धिमा भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख बढीमा संक्रमण र ३ हजार बढीको मृत्यु भएको छ । पछिल्लो एक दिनमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो । एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २३ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x