१२ आश्विन २०८३, सोमबार

भारतमा बनेको कोभिशिल्ड खोप लगाएकालाई ९ देश घुम्ने छुट

एसीपी संवाददाता

१९ असार २०७८, शनिबार १३:०४ मा प्रकाशित

नयाँ दिल्ली । युरोपेली संघका ९ देशले भारतमा बनेको कोभिशिल्ड भ्याक्सिनलाई मान्यता दिएका छन् भने एस्टोनियाले कोभ्याक्स सहित सबै भारतीय खोपलाई मान्यता दिने घोषणा गरेको छ ।

भारतले युरोपेली संघका सदस्य देशहरुलाई कोभिडविरुद्धको भारतीय खोप र कोभिड प्रमाणपत्रलाई मान्यता दिएमात्रै भारतमा यूरोपियन युनियन (ईयू) को डिजिटल कोभिड प्रमाणपत्रलाई कोभिड प्रोटोकलबाट छुट दिइने जानकारी गराएपछि युनियन अर्न्तगतका ९ देशले भारतीय खोपलाई मान्यता दिएको हो।

भारतका विदेश मन्त्री एस जयशंकरले यूरोपेली संघका उच्च प्रतिनिधि, जोसफ बोरेल फोटेलेससँग बैठक गरेर कोभिशिल्डलाई ईयूको डिजिटल कोभिड प्रमाणपत्र योजनामा समावेश गर्नुपर्ने विषय उठाएसँगै ईयूका देशहरूले यो मान्यता दिएका हुन्। यसको लाभ नेपाल लगायत अन्य देशका कोभिसिल्ड लगायकाहरुले पनि पाउने भएका छ्न्।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म अस्ट्रिया, जर्मनी, स्लोवेनिया, आइसल्याण्ड, यूनान, आयरल्याण्ड र स्पेनले ईयू डिजिटल कोभिड प्रमाणपत्रमा कोभिशिल्डलाई समावेश गरेका छन् । स्विट्जरल्याण्डले पनि शेनजेन समूहको सदस्य हुनुको नाताले कोभिशिल्डलाई मान्यता दिएको छ ।

एस्टोनियाले भारत सरकारद्वारा प्रमाणित प्राप्त सबै खोपलाई मान्यता दिने तथा खोप लगाएर आउने भारतीय नागरिकलाई यात्रा अनुमति पनि दिने जनाएको हो।

भारतले एक जुलाईबाट ईयू डिजिटल कोभिड प्रमाणपत्र फ्रेमवर्कमा भारतीय खोपलाई सामेल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो । यूरोपेली संघले डिजिटल कोभिड प्रमाणपत्र फ्रेमवर्कमार्फत यूरोपेली मेडिकल एजेन्सी (ईएमए)द्वारा प्रमाणित खोप लगाउनेहरुलाई युरोपेली संघभित्रका देशको यात्रा प्रतिबन्धमा छुट दिने र निर्वाध आवतजावतमा सहुलियत दिने घोषणा गरेको थियो ।

भारतले युरोपेली संघका २७ सदस्य राष्ट्रलाई कोभिशिल्ड तथा कोभ्याक्सिन् खोप लगाइसकेका भारतीय नागरिकलाई युरोप यात्रा गर्न पाउने अनुमति दिने पत्र पठाएको थियो ।

युरोपेली संघको डिजिटल कोभिड प्रमाणपत्र मापदण्ड विहीवारदेखि लागु भएको छ । जसले कोभिड १९ महामामरीका दौरान स्वतन्त्र आवत जावतमा अनुमति दिनेछ ।

यो मापदण्डअनुसार जसले युरोपेली चिकित्सा एजेन्सी (ईएमए) द्वारा प्रमाणित खोप लगाएकाहरुले युरोपभित्र यात्रा गर्न पाउनेछन्। नयाँ व्यवस्था अनुसार अब भारतीय कोभिशिल्ड खोप लगाएका नागरिकले पनि युरोपमा निर्वाह रुपमा यात्रा गर्न पाउनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x