१२ मंसिर २०८३, शुक्रबार

भारतमा रिक्सा चालक देखि मुख्यमन्त्री सम्मको यात्रा

एसीपी संवाददाता

१८ असार २०७९, शनिबार २०:३९ मा प्रकाशित

एजेन्सी  । शिवसेनाका वागी नेता एकनाथ शिन्दे भारत महाराष्ट्रको मुख्यमन्त्री बनेका छन् । उनले बिहीबार मुख्यमन्त्री पदको सपथ लिए ।

यसअघि शिवसेनाकै नेता उद्धव ठाकरे मुख्यमन्त्री थिए । शिन्दे ठाकरेविरुद्ध विद्रोह गरेर सत्तामा पुग्न सफल भएका छन् । शिन्देको पक्षमा रहेका बहुमत सदस्यले विशेष अधिवेशन माग गर्दै महाराष्ट्र प्रदेशका राज्यपाल भगतसिंह कोश्यारीसमक्ष निवेदन दिएका थिए । कोश्यारीले बिहीबार विशेष अधिवेशन आह्वान गर्दै ठाकरेलाई बहुमत सिद्ध गर्न भनेका थिए । तर ठाकरेले त्यसअघि नै राजीनामा दिएपछि शिवसेनाकै एकनाथ शिन्दे मुख्यमन्त्री बनेका हुन् ।  शिन्देलाई भाजपाका देवेन्द्र फडणविसले साथ दिएका थिए । ठाकरेको राजीनामापछि फडणविस मुख्यमन्त्री बन्ने चर्चा थियो तर उनी उपमुख्यमन्त्री बनेका छन् । निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेले नयाँ मुख्यमन्त्री शिन्देलाई बधाईसमेत दिएका छन् ।  अहिले मुख्यमन्त्री बनेका शिवसेनाका प्रभावशाली नेता एकनाथ शिन्दे पहिले अटो रिक्सा चालक थिए । उनले १८ वर्षको उमेरदेखि आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । ठाणे नगर निगममा विपक्षी नेताको रुपमा काम गरेपछि उनी सन् २००४ मा पहिलो पटक विधायक बने ।  त्यसपछि सन् २००९ देखि लगातार कोपरी–पचपाखडी विधानसभा क्षेत्रबाट उनी विधायक चुनिंदै आएका छन् । सन् २०१५ देखि २०१९सम्म उनी प्रदेशको लोक निर्माण मन्त्री बनेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x