१२ मंसिर २०८३, शुक्रबार

भारतले कोभाक्सिनको उत्पादन अगष्ट महिनादेखि तीव्र पार्दै

एसीपी संवाददाता

२४ श्रावण २०७८, आईतवार ०५:२५ मा प्रकाशित

भारतले कोभिड-१९ विरुद्धको कोभाक्सिन खोप उत्पादन व्यापक वृद्धि गर्ने भएको छ ।

कोरोनाविरूद्धको भारतले आफैँ उत्पादन थालेको कोभाक्सिनको उत्पादन यही अगष्ट महिनादेखि तीव्र वृद्धि गर्ने भएको हो । यो खोप अब प्रतिमहिना छ देखि सात करोड डोज सम्म उत्पादन गर्ने तयारी भएको छ ।

गत अप्रिल महिनामा एक करोड डोज कोभाक्सिन खोप उत्पादन भइसकेको छ ।

कोभाक्सिन उत्पादनकर्ता भारत बायोटेकले सेप्टेम्बर महिनादेखि प्रति महिना दश करोड डोज उत्पादन गर्ने जनाएको छ । ‘आत्मनिर्भर भारत कोभिड सुरक्षा’ अभियान अन्तर्गत कोभाक्सिन खोपको उत्पादन व्यापक बनाउन लागिएको हो ।
स्रोत : इण्डिया टुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x