भारतले कोरोना खोप उत्पादन दोब्बर गरे पछि निर्यात खोल्ने संभावना बढयो
भदौ १५ गते । अहिले भारतले कोरोना महामारी दोश्रो लहर नियन्त्रण गरे सङै कोरोना खोप बारेमा भारतले निर्यात गर्ने सभावना बढेको छ ।भारतमा कोरोना भाइरस विरुद्धको खोपको आपूर्ति बढेको छ ।
शुक्रबार भारतले एक करोड डोज खोप आफ्ना नागरिकलाई लगाएको थियो । उसले गत अप्रिलयता खोप उत्पादन दोब्बर बनाएको छ । आगामी दिनमा त्यसलाई अझै बढाउने भारतको तयारी छ ।
कोरोना खोपको आपूर्ति बढेसँगै भारतमा करीब आधा वयस्क मानिसले कम्तीमा एक डोज खोप पाइसकेका छन् ।
भारतले अबको केही समयमा खोप निर्यातमा लगाएको प्रतिबन्ध हट्न सक्ने बताइएको छ । भारतले ६ करोड ६० लाख डोज कोरोना खोप निर्यात गरेपछि खोप निर्यातमा रोक लगाएको थियो ।
भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै उसले खोप निर्यातमा रोक लगाएको थियो ।तर यसै बिच भारतमा दोश्रो लहर शुरु भएको बेला भारत सरकारले रोक लगाए पछि चीनले कोरोना खोप निति तयार गरेको थियो । एकातिर भारत कोरोना महामारीको दोश्रो लहरको सङ जुधी रहेको बेला पाकिस्तान , श्रीलंका , नेपाल , बाङ्लादेश , लगाएतका देश अलगै बैठक गरि रहेको निजि स्वार्थ देखिएको थियो ।
भारतको सेरम इन्स्टिच्युटले मासिक १५ करोड डोज खोप उत्पादन गरिरहेको छ । गत अप्रिलमा यो कम्पनीको मासिक उत्पादन ६ करोड ५० लाख डोज थियो । कम्पनीको स्रोतले दिएको जानकारी अनुसार खोप निर्यातको लागि कुनै मिति नतोकिएपछि अबको केही महिनामा खोप निर्यात शुरु गर्ने योजना छ ।
अहिले भारतको सिरम कम्पनी खोप बनाउने सबै ठुलो कम्पनी हो ।
त्यस्तै, अर्को भारतीय खोप निर्माता भारत बायोटेकले खोप उत्पादनको लागि आइतबार नयाँ कारखानाको उद्घाटन गरेको छ । यो कारखानाको उत्पादन क्षमता मासिक एक करोड डोज छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिश्वका बिभीन्न देशहरूलाई खोप अनुदान पनि दिएका थिए । अहिले भारतमा कोरोना नियन्त्रण गरे पछि आवश्यकता पुनः गरिब देशहरूलाई अनुदान दिन , खोप खरिद गर्न सक्ने अनुमान गरिएको छ ।


