१२ मंसिर २०८३, शुक्रबार

भारतसँग भएको सम्झौताले नेपालको समृद्धिमा टेवा पुग्छः अध्यक्ष अग्रवाल मैत्री केन्द्र

एसीपी संवाददाता

२२ पुष २०८०, आईतवार १०:३२ मा प्रकाशित

भारतीय विदेश मन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणका क्रममा बिहीबार मात्रै नेपालसँग चारबुँदे सम्झौता भएको थियो । चारवटै सम्झौता नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको केन्द्रले जनाएको छ । ‘नेपाल सरकारसँगको समन्वयमा भारतीय दुताबास मार्फत् २० करोड रुपैयाँसम्मका योजनामा खर्च गर्न पाउने गरी भएको सम्झौताको प्रावधान अझै सह्रानीय छ’, अग्रवालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसले कुनाकाप्चा र दुरदराजमा भारतीय सहयोग पुग्नेछ । धेरै नेपालीले यसबाट लाभ उठाउने छन् ।’

विज्ञप्तीमा यदाकदा दुई देशबीच भएको सम्झौताको विरोध भइरहेको जनाउँदै सकारात्मक, राम्रो र मुलुकको फाइदा हुने कार्यमा गरिएको सम्झौताको विरोध गर्नुभन्दा भारतसँग सहकार्य गरी धेरैभन्दा धेरै लाभ उठाउन आग्रह गरिएको छ । ‘विरोधका लागि विरोध भन्दा राम्रा कामको प्रशंसा गर्नसक्नुपर्छ, जुन हिसाबले भारतले विगतदेखि नै नेपालको शिक्षा, स्वास्थ्य, कृषि, विज्ञान र पूर्वाधार विकास लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ, यो आफैमा महत्वपूर्ण र प्रशंसायोग्य छ । यसले अन्ततः नेपालको विकासमा नै योगदान दिइरहेको विर्सन हुँदैन ।’

भारतीय विशेमन्त्री जयशंकरको भ्रमणका क्रममा स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सम्झौता पनि भएको थियो । ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इन्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहन मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनु अझै महत्वपूर्ण छ’, विज्ञप्तीमा भनिएको छ, ‘नेपालले बनाएको स्याटलाइटलाई भारत सरकारको सहयोगमा प्रक्षेपण गर्ने विषय विश्वमा भइरहेको प्रविधि र विज्ञानको विकासमा नेपाल थप एक खुड्किलो माथि उठ्नु हो ।’

यस्तै, भूकम्पपछिको पुनः निर्माणका लागि १० खर्ब अनुदान सहयोग गर्नेबारे भारतले गरेको घोषणाले धेरै नेपालीहरुलाई राहत मिलेको उल्लेख गरिएको छ । ‘पटक–पटक गएको भूकम्पले विभिन्न ठाउँमा हाम्रो मुलुकले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोरीरहेको छ, यस्तोबेला भारतको सहयोगले भौतिक संरचना निर्माण र क्षति पुगेका घरहरु बनाउन ठूलो सहयोग हुनेछ । यस्ता महत्वपूर्ण योजनाहरुमा भएको सम्झौताको विरोध होइन, मुक्तकण्ठले सबै नेपालीले स्वागत गर्नुपर्छ’, विज्ञप्तीमा भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x