२ श्रावण २०८३, शनिबार

भारतिय नम्बरको ट्रकमा गाजा बरामद

एसीपी संवाददाता

१५ श्रावण २०८१, मंगलवार ०७:०१ मा प्रकाशित

मध्यविन्दु (नवलपरासी), १४ साउन । भारतीय कन्टेनरमा साढे सात क्वीन्टलभन्दा बढी गाँजा तस्करी गर्दै गरेको अवस्थामा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) बाट भारतीय ट्रक पक्राउ परेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका-२ हमाल चोकबाट गाँजा तस्करी गर्दै गरेका ट्रक र ट्रकलाई स्कटिङ गर्दै आइरहेको कारमा सवार दुई जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा एनएल ०१ ५५४४ नम्बरको भारतीय कन्टेनरमा सामान राख्ने स्थान (क्यारी) र क्याबिनको बीच भागमा फल्स बटन बनाइ कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई फोडेर हेर्दा २४ बोरामा सात सय ६९ किलोगाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । ट्रकलाई स्कटिङ गरी आउँदै गरेको बागमती प्रदेश ०१-०२६-च ५१५९ नम्बरको कारलाई पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार गाँजा बोकेको ट्रकका चालक चितवन जिल्ल राप्ति नगरपालिका-३ का ३३ वर्षका मदन लामा र राप्ति नगरपालिका-१ का ३२ वर्षीय दिनेश लामा पक्राउ परेका छन् ।
‘गाँजासहितको भारतीय कन्टेनर पूर्वपश्चिम राजमार्ग हुँदै भारततर्फ जाँदै गरेको गोप्य सूचनाका आधारमा उक्त परिमाणमा गाँजा भेटिएको हो’, उहाँले भन्नुभयो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x