१७ आश्विन २०८३, शनिबार

भेरीमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले स्वास्थ्यकर्मि असुरक्षित

एसीपी संवाददाता

१४ जेष्ठ २०७८, शुक्रबार ०१:२३ मा प्रकाशित

नेपालगन्जः कोभिडबाट गम्भीर अवस्थामा पुगेका डिल्ली बहादुर रावतको अवस्था थप जटिल बन्दै गएको थियो । जेठ चार गते भेरी अस्पतालको पहिलो तलामा रहेको हल ए को १३ नम्वर आइसीयू वेडमा उपचाररत दाङका रावतको अवस्था आज थप खस्कदै गएपछि डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले भेन्टिलेटरमा राख्नु पर्ने सुझाए ।

अक्सिजन लेभल खस्कदै गएपछि थप उपचारका लागि भेन्टिलेटरको विकल्प नभएको स्वास्थ्यकर्मीहरुले स्पष्टसँग विरामीका आफन्तहरुलाई भनेका थिए । उनीहरु भेन्टिलेटरमा राख्न राजी भए । त्यही अनुसार डा दिपक गुप्ता, डा चन्द्रप्रकाश शाहु, डा समा अनसारी, स्टाफनर्सहरु आश्वीन गुरुंग, सदिक्षा गैरे, बन्दना श्रेष्ठ उपचारमा खटिनुभयो ।

तर रावतको उपचारकै क्रममा आज ८ बजेतिर मृत्यु भयो । अस्पताल भर्ना हुँदै रावतको अवस्था गम्भीर थियो । विरामीसँगै रहेका एकजना कुरुवाले मोवाइलमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भयो कुट्न आउ भन्दै बाहिरिए ।

एकैछिनमा तीन चार जनाको हुल प्रवेश गर्यो । स्टाफनर्स सदिक्षा गैरको घाटी थिच्न थाले । डा चन्द्र प्रकाशलाई पनि हातपात गर्न थाले । उहाँहरु फुत्किएर सौचालय तिर भाग्नुभयो । उनीहरु पछ्याउँदै त्यही पुगे । ढोका हान्न् थाले । सौचालयमा झयाल थियो ।

त्यही झयालको सिसा फोडेर डा शाहु, सदिक्षा, बन्दना र आश्वीनले हामफालेर ज्यान जोगाउनुभयो । धन्न् उहाँहरुलाई ठूलो चोट लागेन् । डा गुप्ताले उपचारमा खटिएकै बेला चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले आफुहरुलाई असुरक्षित बनाएको बताउनुभयो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफुहरुको ज्यान असुरक्षित भएको भन्दै अहिले काम गरेका छैनन् ।उनीहरुले दोषीमाथि कारवाहीको माग गर्दै आफ्नो सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा नफर्किने चेतावनी दिएका छन् ।

बाँकेमा प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समिति, चिकित्सक, स्वास्थ्यकर्मीबीच अहिलेपनि छलफल भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x