१२ मंसिर २०८३, शुक्रबार

मधेशमा नयाँ अध्यायको सुरुवात।

एसीपी संवाददाता

२७ जेष्ठ २०८१, आईतवार १२:४८ मा प्रकाशित

बिरेन्द्र यादव ,  जनकपुर –   नेपालमा संघीयताका प्रणेता स्व.गजेन्द्रनारायण सिंह र नेपालका प्रथम गणतन्त्रबादी नेता स्व. रामराजाप्रसाद सिंह तथा स्वराज आन्दोलन एवं नौलो गणतन्त्र आन्दोलनका संस्थापक डा.सीके राउतको राजनीतिक विरासतलाई शिरोधार गरी मधेश आन्दोलनको ताकतसहित जनमत पार्टीका प्रदेश सभा सदस्य सतिश कुमार सिंह मधेश प्रदेशको मुख्यमंत्रीको रुपमा पदभार ग्रहण गरेका छन्। उनीसँग अबसर र चुनौतीहरुको चांङ छ। तर, मधेश प्रदेशवासीहरु आफ्नो मुख्यमन्त्रीलाई सफल बनाउन कम्मर कसेर लाग्नेछ भन्ने विश्वास छ।

२) मधेश प्रदेशमा आर्थिक एव शैक्षिक रुपले पिँधमा परेको मधेशी दलित समुदायलाई मधेश सरकारबाट उपेन्द्र यादवले बहिष्कृत गरेका थिए। यहाँसम्मकी जनमत पार्टीले माननीय रन्जु कुमारी खंगलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरेको थियो। तर, दलित एवं सीमान्तकृत विरोधीहरुले उनको सपथ ग्रहण रोकेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x